NULL

ललितपुरकै कार्यक्रममा कांग्रेसको हेलिकप्टर प्रयोग ललितपुर । सत्तारुढ दल नेपाली कांग्रेसले उपत्यकाकै जिल्ला ललितपुरको निर्वाचनको प्रचारका क्रममा हेलिकप्टरको प्रयोग गरेको छ । ललितपुर क्षेत्र नम्बर १ को आशन्न प्रतिनिधीसभा तथा प्रदेश सभाको चुनाव प्रचारका क्रममा उक्त हेलिकप्टरको प्रयोग गरिएको हो । ललिपुरको गोटिखेलमा शनिवारका लागि राखिएको नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुनको लागि उक्त निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार उदय समशेर राणाको परिवारले उक्त हेलिकप्टरका प्रयोग गरिएको हो राणा सत्तारुढ दल नेपाली कांग्रेसका उम्मेदवार मात्र नभइ नेपाल सरकारका अर्थ राज्यमन्त्री समेत हुन् । यसले राणाले एक जिम्मेवार मन्त्री भएरै पनि निर्वाचन आचारसंहितको उल्लघंन गरेको बुझ्न सकिन्छ । लगनखेलबाट गाडिमा बढिमा २ घण्टाको दुरीमा रहेका गोटिखेलसम्मको लागि हेलिकप्टरको प्रयोग गर्नु आफैंमा सत्तापक्षको निर्वाचन आचारसंहिताप्रति गैह्रजिम्मेवारीको रुपमा हेर्न सकिन्छ । पटक पटक सत्तारुढ दल नै निर्वाचन आचारसंहिता उल्लघंनका लागि अग्रसर रहेकोले निर्वाचन आचारसंहिता कार्यान्वयनमा समस्या आएको छ यसअघि पनि राणाले आफ्नो विपक्षी रहेको आशंकामा केही प्रहरीहरुको समेत आफ्नो क्षेत्रबाट सरुवा गराएका थिए । हुनत मन्त्रीपरिषद्मा हेरफेरदेखी निजामती कर्मचारीको हेरेफेर सरकार नै उद्धत रहेको छ । यसले निर्वाचनको मर्यादालाई सरकारपक्षले नै सोझै चुनौती दिएको छ । दक्षिण ललितपुरको सदरमुकामको रुपमा हेरिएको उक्त कार्यक्रममा कांग्रेस नेता बालकृष्ण खाडसहित स्थानिय नेता तथा कार्यकर्ताहरु उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?