यस्तो छ मोनालिसाको चित्रको नग्न स्केच

फ्रान्सका कला विशेषज्ञले एक कला संग्रहालयमा भेटिएको चारकोलले बनेको १ सय ५० वर्ष पुरानो चित्र मोनालिसाको स्केच हुनसक्ने बताएका छन् चारकोल रेखाचित्रमा एक निर्वस्त्र महिला छिन्, जसलाई मोना वानाका रुपमा चिनिन्छ । यसअघि यो चित्रको श्रेय केवल लियोनार्दो दा भिन्चीको स्टुडियोलाई दिइन्थ्यो पेरिसको ल्यूर संग्रहालयमा परीक्षणपछि विशेषज्ञहरुले यो रेखाचित्र कम्तीमा पनि लियोनार्दो दा भिन्चीको हिस्सा भएको अनुमान गरेका छन् यो सन् १८६२ मा इटालीमा पुनर्जागरणकालका क्रममा कोन्डे संग्रहालयमा थियो, जुन उत्तरी फ्रान्सको शैटिलीमा छ इटालीमा पुनर्जागरणकालमा लियोनार्दो दा भिन्ची (१४५२–१५१९) एक महान चित्रकार थिए र मोनालिसा चित्रकलालाई उनको सर्वश्रेष्ठ चित्रकला मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?