याद राख्नुहोस् भोलि यी ३२ जिल्लामा चल्दैन गाडी

आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन कारण ३२ जिल्लामा अनुमति पाएका बाहेकका सवारी साधन नचल्ने भएका छन् आइतबार प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं५ का रूकुम (पूर्वी भाग) र रोल्पा,प्रदेश नं ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, तथाप्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीउल्लेखित जिल्लामा गाडी नचल्ने प्रहरीले जनाएको छयसैबीच निर्वाचनमा ६४ हजार २० जनशक्ति परिचालन गरिएको जनाएको छ ती फौजले मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रही आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ निर्वाचनमा खटिएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइमा सुरक्षा प्रदान गर्नाका साथै पहिलो चरणको निर्वाचनका लागि नेपाली सेनालाई तोकिएका स्थानमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको सेनाले जानकारी गराएको छ दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न गर्नाका साथै बाँकी रहेका केही जिल्लामा मतपत्र ढुवानी कार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?