१५ आश्विन २०७९, शनिवार

लोकतान्त्रिक गठबन्धन विधिको शासनमा विश्वास गर्छ : नेता खाँण

२०७४,मङ्सिर,९,शनिवार ०९:०९

0
Shares

काठमाडौँ, ९ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले लोकतान्त्रिक गठबन्धन विधिको शासनमा विश्वास राख्ने शक्ति भएको बताएका छन् नेपाली कांग्रेस, भक्तपुर क्षेत्र नं २ युवा परिचालन समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मेलमिलाप र एकतामा राष्ट्रियता बलियो हुने बताए नेपाली काँग्रेस निर्वाचन परिचालन समितिका संयोजक समेत रहनु भएका नेता खाँणले महेन्द्रपथीय खोक्रो राष्ट्रवादले मुलुक समृद्ध नहुने भन्दै युवालाई संयम हुँदै कार्यकर्ताको घरदैलोमा पुग्न आग्रह गरे । समतामूलक समाज र समृद्ध राष्ट्र निर्माण संविधानको कार्यान्वयन लोकतान्त्रिक शक्तिको आह्वान रहेको उनको धारणा थियो क्षेत्र नं २ का प्रतिनिधिसभातर्फका काँग्रेस उम्मेदवार पूर्व सभामुख दमननाथ ढुंगानाले आफू भक्तपुर–२ को शान र मान राख्ने कुचिकार उम्मेदवार भएको बताए । उनले देशमा व्याप्त दोहनको राजनीतिलाई जनमोहनमा बदल्नुपरेको भन्दै भक्तपुरको ऐतिहासिक, सांस्कृतिक र लोकतन्त्रको संस्थागत विकासमा आफू सदैव लागिपर्ने बताए क्षेत्र नं २ प्रदेश ‘क’ का उम्मेदवार अंगत खड्काले युवा स्वरोजगार कोष स्थापना गरी बेरोजगार युवाको हितमा सदैव क्रियाशील रहने बताए नेपाली काँग्रेस, भक्तपुर क्षेत्र नं २ युवा परिचालन समितिका संयोजक रवि राणा, नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लव थापालगायतले लोकतान्त्रिक गठबन्धनका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,९,शनिवार ०९:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिड्नी । अष्ट्रेलियाको पूर्वी राज्य क्वीन्सल्याण्डले विश्वको सबैभन्दा ठूलो पम्प गरिएको जलविद्युत ऊर्जा भण्डारण योजना निर्माण गर्ने भएको छ ।

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको लापरबाही धम्कीबाट नडराउने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार

तेहरान । इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना जना युरोपेली नागरिक पक्राउ परेका

काठमाडौं । म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका पूर्व सल्लाहकार तथा अष्ट्रेलियाका एक प्राध्यापकलाई सैन्य अधिकारीले तीन वर्षको जेल सजाय

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९