मेक्सिकोद्वारा विशाल संरक्षण क्षेत्र घोषणा, अब पाइने छैन यी काम गर्न

मेक्सिको सिटी, ९ मंसिर । मेक्सिको सरकारले देशको प्रशान्त महासागरको तटपारी रहेका ४ ज्वालामुखीयुक्त टापु वरपरको क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ त्यहाँको सरकारले १ सय ५० हजार वर्ग किलोमिटर क्षेत्रफलको सो क्षेत्रलाई संरक्षित क्षेत्र बनाएको हो । यो उत्तर अमेरिकाको सबैभन्दा ठूलो समुद्री संरक्षित क्षेत्र हुनेछ संरक्षित क्षेत्रका रुपमा रहने यो क्षेत्रमा माछा मार्न र होटल निर्माण गर्न समेत अब पाइनेछैन भने यो क्षेत्रबाट प्राकृतिक स्रोत उत्खनन गर्न पनि प्रतिबन्ध लगाइने छ राष्ट्र संघले गत वर्ष विभिन्न पक्षी र जनावरका सयौं प्रजाती रहेको त्यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचीकृत गरेको थियो मेक्सिकोका राष्ट्रपति इनरिके पेना नेइटोले विशेष आदेशमार्फत सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?