देउवाले भने, ‘जनतासँग तानाशाही शासन वा लोकतन्त्र मध्ये एक रोज्ने विकल्प’

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग कम्युनिस्ट तानाशाही शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने विकल्प रहेको बताएका छन् उनले नयाँ संविधानले नेपाली जनतालाई मालिक बनाएपनि कम्युनिस्ट गठबन्धनले संविधानलाई खारेज गरेर एक दलीय तानाशाही शासन लाद्न खोजको आरोप लगाए नवलपरासीको सुनौलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘चुनावमा जनतासामू तानाशाही कम्युनिस्ट शासन कि लोकतन्त्र रोज्ने विकल्प छ । कम्युनिस्ट गठबन्धनले फ्लप भएको कम्युनिस्ट शासन लाद्न खोजेका छन् । डरत्रासको शासन रोज्ने कि जनता मालिक बनाउने लोकतान्त्रिक व्यवस्था रोज्ने ?’आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित भइसकेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?