बलिउडका अभिनेत्री दिपीका, प्रियंका पछि एमी ज्याक्सनको हलिउड यात्रा

एजेन्सी । बलिउड अभिनेत्री दिपीका पादुकोण, प्रियंका चोपडा पछि अभिनेत्री एमी ज्याक्सन पनि हलिउड अभिनयमा डेब्यु गर्ने भएकी छिन् ज्याक्सनले प्रियंका चोपडाझै अमेरिकन टिभी शो मार्फत हलिउडमा डेब्यु गर्न लागेकी हुन् । एमी ब्रिटेनी मोडल पनि हुन् २००९ मा उनको ब्रिटेनमा निकै चर्चा थियो । मोडलिङ एजेन्सी मार्फत उनलाई बलिउड निर्माताले भारत ल्याएका थिए हलिउडको चर्चित टिभी सो ‘सुपर गर्ल’को तेस्रो सिजमा उनी देखिन लागेको फोर्स म्यागजिनले उल्लेख गरेको । यो सोमा उनले इमरा आर्दीकाको भूमिका निर्वाह गर्ने भएकि छिन् । यसको पुष्टी उनले ट्वीट मार्फत समेत गरेकी छन् उनले २०१२ मा पहिलो भारतीय फिल्म ‘दिवाना’ अभिनय गरेकि थिइन । तर यो फिल्मले बक्स अफिसमा राम्रो ब्यापार गर्न सकेन । तर एमीको २०१५ मा सार्वजनिक फिल्म ‘सिंह इज ब्लिङ’ हिट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?