जर्जियाको ब्ल्याक सी रिसोर्ट होटल आगलागीमा ११ को मृत्यु

एजेन्सी, ९ मंसिर । जर्जियाको ब्ल्याक सि रिसोर्टमा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको छ त्यहाँका गृहमन्त्रीले २२ तले लियोग्रान्ड होटल तथा क्यासिनोमा भएको आगलागीमा परी २० जना भन्दा बढी घाइते भएको बताइएको छ सो भवनको १२ औं तलामा आगो लागेपछि अन्य तलामा रहेका पर्यटकहरुको भागदौड मच्चिएको थियो । सो क्रममा आकस्मिक रुपमा १ सय भन्दा बढीलाई सुरक्षित बाहिर निकालिएको जनाइएको छ पर्यटक बस्ने सो होटलमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये धेरैजसो पर्यटक रहेको बताइएको छ । सो घटनामा मृत्यु हुनेको सनाखत हुने क्रम जारी रहेको र मारिएका मध्ये एक इरानी र १० जना जर्जियाकै नागरिक रहेको बताइएको छ घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको र उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ । यही होटलमा मिस जर्जिया प्रतियोगिता आयोजना गर्न लागिएको थियो । जसका लागि २० जना होटलमा नै रहेपनि उनीहरु सबै जना सकुशल रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?