दश मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने विशेष सुरक्षा तयारी

बाँके, ९ मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके जिल्लामा थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी गरिएको छ जिल्ला प्रहरी कार्यालयले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने भएको छ । बाँके जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र निर्धाति गरिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताए प्रहरीका अनुसार मतदान हुने दिन मतदान केन्द्रको चार तहमा सुरक्षा हुनेछ, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले फरक फरक कोणबाट सुरक्षा निगरानी गर्नेछन् संवेदनशील मानिएका जिल्लाका १२६ स्थानका लागि प्रहरी र सेनाको मोबाइल गस्ती परिचालन गरिने, अनुसन्धान अधिकारी खटाउने र निगरानीको विशेष व्यवस्था गर्ने सुरक्षा तयारी पूरा भएका छन् वैधानिक हतियार संकलनबाँके जिल्लामा वैधानिक हतियार पूर्णरुपमा संकलन भइसकेको छ जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार जिल्लाभित्र नागरिकसँग लाइसेन्ससहित ५४८ वटा हतियार रहेका छन् । निर्वाचन शान्तिपूर्ण र मर्या्दित बनाउनका लागि हतियार संकलन गरिएको हो सो क्रममा प्रहरीले २९० वटा हतियार संकलन गरेको जनाएको छ । प्रशासनका अनुसार कूल हतियारमध्ये १३६ वटा सशस्त्र द्वन्द्वमा लुटिएको र १०० वटा बाहिरी जिल्लामा सरेको छ । सम्पूर्ण विवरणमध्ये २२ वटा हतियारको अवस्था अझै अपुष्ट रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?