नवलपरासीमा चुनाव प्रचारमा हिँडेको गाडी लक्षित बम आक्रमण

नवलपरासी, ९ मंसिर । नवलपरासीमा उम्मेदवारलाई लक्षित गरी बम आक्रमण भएको छ नेपाली कांग्रेस नवलपरासीका सभापति एवं नवलपुर क्षेत्र नंं २ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार विष्णु लामिछानेको टोली चुनावी प्रचारका क्रममा पहाडी इलाकातर्फ जाँदै गर्दा बम विस्फोट भएको थियो नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, गोजापोखरीमा चुनावी प्रचारमा हिँडेको ग् १ ज ५६०० नम्बरको गाडीलाई लक्षित गरी वम प्रहार भएको बताइएको छ विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?