धनकुटामा राप्रपा (प्रजातान्त्रिक)का थापा र एमालेका राईबीच टक्कर

धनकुटा, ९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन नजिकिँदै गर्दा यस जिल्लामा उम्मेदवारहरुले पनि आफ्नो प्रचार अभियानलाई तीव्रता दिएका छन् । धनकुटामा बहालवाला मन्त्री सुनील बहादुर थापा र चुनाव जिताउन सक्ने नेताको छवि बनाएका राजेन्द्र राई चुनावी मैदानमा आमनेसामने भएका छन् । यी दुई नेताबीच नै मुख्य रुपमा प्रतिस्पर्धा हुने यहाँका जनताले बताएका छन् थापा वर्तमान सरकारका उद्योग मन्त्री हन । आफ्ना बाबु पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको प्रेरणाबाट राजनीतिमा प्रवेश गरेका थापा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका हुन । थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्रीसमेत हुन् वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका राई नेकपा (एमाले)का जिल्ला अध्यक्ष हुन । राई स्थानीय निर्वाचनमा धनकुटाका सातै वटा तहमा एमालेलाई विजय दिलाएका नेता हुन । स्थानीय निर्वाचनमा जिल्लामा ‘क्लिन स्वीप’ गर्न सकेका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले धनकुटा आउनुभएर उनलाई ‘म्यान अफ दी इलेक्सन’ घोषणा गर्दै आफ्नै गलाको माला लगाइदिएको स्मरण यहाँका जनताले गर्ने गर्छन् एक लाख ५ हजार १८८ मतदाता रहेको धनकुटामा एमाले र नेकपा (माओवादी केन्द्र) सहितको वाम गठबन्धनलाई कमल थापा नेतृत्वको राप्रपा नेपाललगायतको समर्थन छ त्यसैगरी, नेपाली काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) सहितको लोकतान्त्रिक गठबन्धनलाई संघीय माजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल लगायतको समर्थन छ । तसर्थ दुईवटै प्रतिष्पर्धी उत्तिकै बलियो मानिन्छ र नतिजा कसको पक्षमा जान्छ भनेर अहिले नै यसै भन्नसक्ने अवस्था नरहेको यहाँका नागरिक अगुवा तथा बुद्धिजीवीहरू बताउँछन् नागरिक समाज धनकुटाका संयोजक द्रोण गुरागाईंले वाम गठबन्धनका उम्मेवारसँग संगठन र युवा जमात रहेको र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग आकर्षक व्यक्तित्व र अनुभव रहेको बताए यी दुवै उम्मेदवार साविक मुगा गाविस हाल पाख्रिबास नगरपालिकाका निवासी हुन् । पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापाको लामो राजनीतिक इतिहास र ओजपूर्ण छविका कारण पुत्र थापालाई केही लाभ मिल्नसक्ने आकलन पनि गर्ने गरिन्छ आफूलाई निष्कलंक रहेको दाबी गर्नुहुने मन्त्री थापा जिल्लाको विकासका साथै धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउन लागिपरेको हुँदा जनताले विश्वास गर्ने आशा व्यक्त गरे । विसं २०७० को संविधानसभा निर्वाचनमा धनकुटाको क्षेत्र नं २ मा यी दुवै उम्मेदवारले प्रतिष्पर्धा गरेका थिए । सो निर्वाचनमा थापा राई भन्दा ४५६ बढी मत पाएर विजयी भएका थिए स्थानीय तह निर्वाचन २०७४ मा ७ वटा स्थानीय तहको प्रमुखका उम्मेदवारले पाएको मतलाई आधार मान्दा वाम गठबन्धनको मत ३९ हजार ९८६ पुग्छ जबकि लोकतान्त्रिक गठबन्धनसँग २२ हजार ८२ मत रहेको देखिन्छ राई स्थानीय तह निर्वाचनको मत परिणाम र अहिले वाम गठबन्धनको सुदृढ स्थितिका कारण आफ्नो जीत सुनिश्चित भएको बताए । तर दुबै गठबन्धनका उम्मेदवारलाई आफ्नै दल र गठबन्धनमा आवद्ध अन्य दलका असन्तुष्ट कार्यकर्ताबाट असहयोग हुने खतरा पनि उत्तिकै छ चुनाव जिते धनकुटालाई राजधानी बनाउने, सडक, खानेपानी र रोजगारी सिर्जनाका साथै धनकुटाको समग्र विकासप्रति कटिबद्ध रहने वचनबद्धता राई व्यक्त गरे । मन्त्री थापा धनकुटालाई राजधानी बनाउने योजनाका साथै पाख्रिबासमा कृषि विश्वविद्यालय बनाउने र तमोर औद्योगिक करिडोर निर्माण गर्ने अठोट व्यक्त गरेका छन् मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले दिएको जानकारी अनुसार प्रतिनिधिसभाका लागि राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र रसाइली, एकीकृत राप्रपा राष्ट्रवादीका सुभानसिं राई, नेशनल मंगोल अगनाईजेशनका श्याममान राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रसिंह नेम्वाङले उम्मेदवार दर्ता गराएका छन् प्रतिनिधिसभा सदस्यका लागि जस्तै दुइटै प्रदेशमा पनि वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । प्रदेश (क) बाट वाम गठबन्धनका तर्फबाट एमालेका निरन राई र लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका मनोहरनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रेका हुन । स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले यो क्षेत्रमा २० हजार नौ सय ६० मत र लोकतान्त्रिक गठबन्धनले १२ हजार छ सय २४ मत पाएका थिए जिल्लाका सातै स्थानीय तहमा एमालेले जित हासिल गरेका कारण प्रदेशसभामा वाम गठबन्धनले सहज जीत हात पार्ने एमालेका सचिवालय सदस्य अर्जुन राईले बताए मत संख्याका आधारमा वाम गठबन्धन अगाडि रहेको देखिए पनि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मनोहर नारायणको बजार क्षेत्रमा राम्रो पकड रहेको बताइन्छ । उनी पूर्व सभासद् हुन प्रदेश (ख) मा वाम गठबन्धनबाट इन्द्रमणि पराजुली र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अर्जुन थापा उठाएका छ थापा २०४८ र २०५६ सालमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार बनिसकेका नेता हुन । पराजुली भने पहिलो पटक चुनावी प्रतिष्पर्धामा सहभागि भएका हुन प्रदेश (ख) मा स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले १९ हजार ३६ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले नौ हजार चार सय ५८ मत पाएको थियो यो संसदीय निर्वाचनमा सूर्यबहादुर थापाले २०१५ सालदेखि जित्दै आएका क्षेत्र हो भने उहाँका पुत्र सुनील दोस्रो संविधानसभामा निर्वा्चित हुनुभएकाले प्रदेश (ख) मा पनि दुई उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने काँगेस धनकुटाका सचिव विजय सन्तोषी राई बताए सुुषमा राई र कुसुम कुमारी श्रेष्ठ वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनेका छन् । प्रदेशसभातर्फ स्मिता निरौला, बीनादेवी राई याम्फु र हिमादेवी बस्नेत हुन । समानुपातिकमा महिलालाई राखिए पनि प्रत्यक्षतर्फ दुवै गठबन्धनको महिला उम्मेदवारी शून्य देखिन्छ लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा समानुपातिकतर्फ कुमार बहादुर थापा, पार्वती राई, पद्म बहादुर बस्नेत र इन्दिरा केसी उम्मेदवार बनेका हुन प्रदेशसभातर्फ लीला सुब्बा, कमोड फागो, प्रमिला सुब्बा र रामचन्द्र लिम्बु हुनुहुन्छ । धनकुटामा एक सय ५३ वटा मतदान केन्द्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?