मस्जिद आक्रमणको बदला लिने राष्ट्रपति सिसीको चेतावनी

कायरो, ९ मंसिर । इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले २ सय ३५ जनाको मृत्यु हुनेगरी साइनाइस्थित एक मस्जीदमा गरिएको आक्रमणको बदला लिने प्रतिबद्धता जनाएका छन् देशबासीका नाममा टेलिभिजन सम्बोधन गर्दै उनले पूर्ण शक्तिका साथ हमलाको बदला लिने चेतावनी दिएका हुन् इजिप्टको साइनाइ प्रायद्वीपस्थित एक मस्जिदमा विद्रोहीले गरेको आक्रमणमा परी २ सय ३५ जनाको मृत्यु भएको छ भने अन्य १ सय २० भन्दा बढी घाइते भएका छन् । आक्रमणमा परी मृत्यु हुनेहरुमा महिला र बालबालिका समेत रहेका छन् बन्दूकधारीहरुले उत्तरी गाउँ अल–रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काउनुका साथै घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि समेत गोली चलाएका थिए मस्जिद आक्रमणमा ठूलो संख्यामा मानिसहरु हताहत भएपछि इजिप्टमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?