नाकामा फोन पुर्याउँदै ‘जानकी’

नाकाको पीडा सुन्न नेपालभारत सीमा क्षेत्र पुगेका जानकीलाल बस्नेत दुई दिन सम्म बेखवर जस्तै बने । यो दुईदिन उनि टेलिफोनको पहुँचमा समेत रहेनन् । क्षेत्रनम्बर १ प्रदेशसभा १ का उम्मेदवार जानकी चुनावी चटारोका बेला सम्पर्क बाहिरै रहनु उनका लागि यो सहज थिएन । टेलिफोनको यो समस्या उनलाई निकै खड्कीयो । दुई दिनको नाका क्षेत्र बुझेर जानकी एउटा संकल्प गरेर वारी फर्किए ‘आँफैले पहल गरिरहेको टेलिफोन टावर स्थापनाको काम जत्तिसक्यो चाँडै पुरा गर्ने छु ।’ आफ्नो दुईदिने बसाईको यति ठूलो असहजता भोगेका जानकीले बुझे ‘त्यहिँका स्थायी बासिन्दाहरुले यसको समस्या कति भोग्नु परेको होला ? ’ यसर्थ नाका क्षेत्रमा टेलिफोन टावर स्थापनाको कामलाई चाँडै सम्पन्न गर्ने लक्ष बोकेर उनि वारी फर्किएका छन् । उनले नाका क्षेत्रलाई टेलिफोनसंग जोड्न आफ्नो चुनावी जीतलाई सर्त राखेका छैनन् । ‘जत्तिसक्यो चाँडो त्यहाँका नागरिकहरुलाई टेलिफोन सेवा दिलाउनु अबको मेरो मुख्य मिशन हो,’उनले भने ‘तर यो लक्ष मेरो चुनावी जीतको सर्त बमोजिमको हैन ।’पदीय जिम्मेवारीमा नरहेरै बिकास गरेका नेताका रुपमा जानकी चिनिन्छन् । सडक, पसल पुलेसा, खानेपानीका आयोजना निर्माणमा उनको देन स्थानीयहरुले बिर्सेका छैनन् । नाका क्षेत्रमा टेलिफोन सेवा विस्तारका लागि जानकीले यसअघिनै पहल गर्दै आएका छन् । मोवाईल फोनको टावर स्थापना गरेर नाका बासीहरुलाई फोन सुविधा प्रदान गर्ने उनको पहल बमोजिमनै राजपुर गाउँपालिकाबाट बजेट समेत विनियोजन भैसकेको छ । अब यो कामलाई तदारुकता दिन उनले नेपाल टेलिकमको क्षेत्रीय कार्यालयमा सकृयता पूर्वक पहल थाल्ने भएका छन् । ‘म पदीय जिम्मेवारीमा छैन, तर मैले नाका क्षेत्रमा फोन बिस्तारका लागि गरेको पहलकै कारण अहिले बजेट समेत विनियोजन भैसकेको छ,’उनले भने ‘यसलाई चाँडै सम्पन्न गर्न अब मैले टेलिकमको क्षेत्रीय कार्यालयमा ठोस पहल गर्ने छु ।’यसैगरि भारतीय भुमि मार्ग हुँदै दाङ बस्तीमा पुग्नु पर्ने वाध्यतालाई सदाका लागि टार्ने बृहत योजना बुनेर जानकी नाकाबाट फर्किएका छन् । सबै नाका क्षेत्रहरुलाई नेपाली सडक सञ्जालले जोड्ने लक्ष उनको छ । उनले यसलाई आफ्नो चुनावी नारा नभई त्यहाँका बास्तवीक समस्या समाधानका लागि दृढ संकल्पका रुपमा बुझ्न समेत उनले नाकाबासीहरुलाई आग्रह गरे । ‘तपाईहरु अब पाँच बर्षको अवधिमा भारतीय भुमिको सडक प्रयोग गरेर घर पुग्नु पर्ने छैन,’उनले भने ‘यो समस्या समाधान गर्ने जिम्मेवारी म लिन्छु ।’ नेपालको सडक सञ्जालले नाका क्षेत्रलाई नछुँदा त्यहाँका नागरिकहरुलाई प्रशासनीक कामकाजका लागि भारतीय भुमि प्रयोग गरेर सवारी साधनमा वारी आउनु पर्ने वा घण्टौँ पैदल हिँडेर धाउनु पर्ने चरम समस्या छ । ‘यो बिकराल समस्या बाट त्यहाँका जनतालाई मुक्ती दिलाउनु छ,’उनले भने ‘पाँच बर्षको अवधिमा यो समस्यालाई समाधान गर्ने मेरो दृढसंकल्प छ यसैगरि स्थानीय तहबाटै तत्काल सम्वोधन गर्नेगरि नाका क्षेत्रको पिउने पानीको अभावलाई टार्ने संकल्प जानकीले लिएका छन् । ‘पानीको चरम अभावमा त्यहाँका नागरिकहरु पिल्सिईरहनु परेको छ,’उनले भने ‘यो समस्यालाई मैले स्थानीय तहबाटै तत्काल सम्वोधन गर्ने बाचा गरेर फर्किएको छु ।’ नाकाका यस्तै समस्या बुझेर फर्किएका जानकीले अबको नेतृत्वको ध्यान सुरुमै नाकामा केन्द्रीत हुनुपर्ने वताउँछन् जानकीलाई बिकास प्रेमी नेताका रुपमा सुनेका नाकाबासीहरुले आफ्नो बस्तीमा पनि बिकास आउनेमा जानकी प्रति विश्वास राखेका छन् । उनिहरुले भने ‘सुनेका छौँ धेरै बिकास दिनु भएको छ रे,हामीलाई पनि चाँडै दिनुहोला ।’त्यहाँका नागरिकहरुको यो जिज्ञासामा जानकीले भनेका थिए ‘यहाँ फोन आउन लागेको भन्नु सुन्नु भएको छन,यहाा फोन ल्याउन मैले काम गरिरहेको छु ।’नाका क्षेत्रको समस्या सुनेर फर्किएक जानकीले शुक्रवार आफ्नो चुनावी क्षेत्रका विभिन्न स्थानमा घरदैलो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?