आचारसंहिता विपरित काम गर्ने दुई अन्तर्राष्ट्रिय पर्यवेक्षक फिर्ता

महेन्द्रनगर, ९ मंसिर । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको अनुगमनका लागि गएका युरोपेली संघ (ईयु) का दुई जना पर्यवेक्षकलाई आचारसंहिताविपरित कार्य गरेको भन्दै निर्वाचन आयोगले फिर्ता बोलाएको छ निर्वाचन पर्यवेक्षणका लागि कञ्चनपुर जिल्लामा खटिएका ईयूका पर्यवेक्षकलाई आयोगले फिर्ता बोलाउने निर्णय गरेको हो । उनीहरुलाई चुनावको पर्यवेक्षण गर्न नदिने आयोगले स्पष्ट पारेको छ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगबाट करिब डेढ सय पर्यवेक्षकले स्वीकृति लिएका छन् । जसमध्ये सबैभन्दा बढी पर्यवेक्षक ईयूका नै रहेका छन् निर्वाचन आचारसंहिता पालना गर्ने शर्तमा पर्यवेक्षण अनुमति दिइएको भन्दै निर्वाचन आयोगले कञ्चनपुरमा खटिएका, इयुका दुई पर्यवेक्षकले त्यसको उल्लंघन गरेपछि तत्कालै फिर्ता बोलाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?