१५ आश्विन २०७९, शनिवार

देउवाको आलोचना गर्ने केपी ओलीमाथि आरजुको हमला

२०७४,मङ्सिर,९,शनिवार ०५:१२

0
Shares

प्रधानमन्त्री पत्नी तथा नेपाली कांगे्रस कैलाली क्षेत्र नम्बर ५की प्रतिनिधि सभा उमेद्धार डा. आरजु राणा देउवाले ७ नंबर प्रदेशको विकास नेपाली कांग्रेसको पालामा भएको र त्यसको जस प्रधानमन्त्री शेरबहादुर देउवालाई जाने दाबी गरेकी छिन् धनगढी उपमहानगरपालिकाको वडा नं १२ को चुनावी सभालाई संबोधन गर्दै कांग्रेस नेतृ डा.देउवाले सो कुरा बताएकी हुन् उनले एमाले अध्यक्ष केपी ओली ७ नंबर प्रदेशको बारेमा अनविज्ञ रहेको आरोप लगाउँदै देउवाले डडेल्धुरा र ७ नम्बर प्रदेशमा पुगेर देउवाले केहि गरेन् भन्नु हास्यास्पद’ रहेको टिप्पणी गरिन् ‘केपि ओलीले डडेल्धुरा पुगेर शेरबहादुरले केहि नि गरेन् भनेर भाषण गर्नु भयो रे’ चुनावी सभालाइ सम्वोधन गर्दै उनले भनिन् ‘मलाइ लाग्छ उहाँ यो क्षेत्रमा कहिल्यै आउनुभएको थिएन ।’नेतृ देउवाले पञ्चायतकालसम्म राजधानी जान पनि भारत भएर जानुपर्ने यस क्षेत्रमा पुल, सडक, स्वास्थ्य चौकी, स्कूल, कलेज सबै नेपाली कांग्रेसको सरकारको पालामा बनेको र अझ धेरै कुरा गर्न बाँकी रहेको बताइन् उनले पश्चिम सेती, पञ्चेश्वर आयोजना अगाडि बढाउने काम कसले गरेको हो भनेर ओलीलाई सोध्ने मन भएको समेत उनको भनाई छ ‘विकासका जति काम भएका छन् सबै कागे्रसकै पालामा भएका छन्’ उनले भनिन्े ‘यो क्षेत्रको विकासका लागि अरु पार्टीले सिन्कोसम्म भाँचेका छैनन्’ । उनले प्रदेश नम्बर ७ को गौरीफण्टा र गड्डा चौकी नाका फराकिलो पार्न देउवाले थुप्रै पहल चालेको बताइन् ।

प्रकाशित मिति: २०७४,मङ्सिर,९,शनिवार ०५:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका

काठमाडौं । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको

लमजुङ । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५

गोरखा। गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९