लोकतन्त्र रक्षाका लागि कांग्रेसको बहुमत आवश्यक : उपप्रधानमन्त्री गच्छदार

इनरुवा, ९ मंसिर । नेपाली कांग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र रक्षाका लागि कांग्रेसको बहुमत आवश्यक रहेको बताएका छन् सुनसरी दुहबी नगरपालिकामा शुक्रवार सम्पन्न पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन सक्ने दाबी गरे नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले लोकतन्त्रसँगै जारी भएको संविधान कार्यान्वयन गर्नका लागि कांग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिदैं कांग्रेसको जित मेरो मात्र जित नभई सम्पूर्ण जनताको जित हुने भएकाले कांग्रेसलाई विजयी गराउन आग्रह गरे नेपाली कांग्रेसको नेतृत्वमा सबै परिवर्तन भएकाले अब संविधान कार्यान्वयन गर्नका लागि समेत कांग्रेसको नेतृत्व आवश्यक रहेको छ, उनले भने —“अहिलेको संविधानले सबैको अधिकार सुनिश्चित गरेका कारण अब त्यसलाई मूर्तरुप दिनका लागि कांग्रेसलाई अत्यधिक बहुमत दिएर विजयी गराउन सक्नुपर्छ ।”नेता गच्छदारले नेपाली कांग्रेस केवल राजनीतिक भाषण गर्ने पार्टी नभएको भन्दै विकास गर्ने पार्टी समेत भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?