डेण्टल क्लिनिक र औषधि पसलको कारोबार बन्द गरायो

नेपालगञ्ज, ९ मंसिर । बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गरिरहेकोे नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग र प्रहरीसहितको अनुगमन टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएकाले ती औषधि पसल र डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको हो । यहाँको बिपी चोकस्थित बिन्दवासिनी मेडिकल हल र बाँके डेन्टल क्लिनिकको कारोबार बन्द गरेको हो अनुगमन टोलीले यहाँका अधिकांश औषधि पसल र क्लिनिकमा फारमेसिस्ट व्यवसायी नभई अन्य कर्मचारीले औषधि बेच्ने गरेको, औषधिको रेकर्ड नराखेको र नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको फेला पारेको जनाएको छ मतदानस्थल र मतदान केन्द्रमा पुगेका कर्मचारीले सर्वदलीय, सर्वपक्षीय बैठकको आयोजना गरी निर्वाचनको कामलाई अगाडि बढाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी खेमराज पाठकले जानकारी दिए । उनका अनुसार निर्वाचनमा खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण गरेका छन् निर्वाचन सम्पन्न गराउनका लागि १०६ जना मतदान अधिकृत, १०६ जना सहायक मतदान अधिकृत, ४२३ जना सहायक कर्मचारी, २१२ जना कार्यालय सहयोगीसहित सुरक्षाकर्मीबाहेक कुल ८४७ जना कर्मचारी खटिएका छन् । यसैगरी ४२२ जना स्वयंसेवक मतदान अधिकृतले नियुक्ति गर्नुपर्ने प्रावधान छ निर्वाचनका लागि म्याग्दीमा सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताए । अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलको आधारमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र म्यादी प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?