म्याग्दीका दुईवटा मतदान केन्द्र अपांगमैत्री, निर्वाचनको सम्पूर्ण तयारी पूरा

म्याग्दी, ९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीका दुईवटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ अशक्त तथा अपांगता भएकालाई मतदान गर्न सहज होस् भनेर दुईवटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको हो । बेनी नगरपालिकास्थित बेनी सामुदायिक मावि र धौलागिरि मावि सिंगालाई अपांगमैत्री मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता खेमराज पाठकले बताए “दुईवटामै आवश्यक तयारी पूरा भएको छ, सबै मतदान केन्द्रमा यो सुविधा सम्भव छैन” पाठकले भने । उनका अनुसार अपांगता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियरमा गुडाएर पु्ग्न सक्ने गरी ¥याम्प निर्माण गरिएको छ अपांगता भएका व्यक्तिलाई अन्य मतदाताझै मतदान केन्द्रमा पुग्न सक्ने अवस्था नरहने भएकाले मताधिकार दुरुपयोग गरिने, आवतजावतमा समेत सास्ती हुने भएकाले पनि ¥याम्प निर्माण गरिएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए “अपांगता भएकालाई अन्य केही मतदान केन्द्रमा पनि सहजै मतदान गर्न सकिने संरचना रहेका छन” उनले भने । जिल्लाका मतदान केन्द्रमा प्रवेश गर्ने अशक्त र अपांगता भएकालाई पहिलो प्राथमिकता दिने व्यवस्था मिलाइएको उनको भनाइ छ । जिल्लाका सबै १०६ मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई ज्येष्ठ नागरिक, अपांगता भएका र बिरामी मतदातालाई पहिलो प्राथमिकता दिन निर्देशन दिइएको छ आफन्तको सहयोगमा मतदान केन्द्रसम्म आइपुग्ने भए पनि मतदान प्रक्रियामा आफैँ मतदानस्थलसम्म पुगेर मत खसाल्ने व्यवस्था छ । अपांग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले मताधिकार सुनिश्चित गर्नका लागि जिल्लाभरका सबै मतदान केन्द्रलाई अपांगमत्री बनाइनुपर्ने माग विस्तारै पूरा हँुदै गएको बताए आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् । तीमध्ये ३९ हजार ४३५ महिला, ३६ हजार १०२ जना पुरुष र एकजना तेस्रोलिंगी छन् एउटा निर्वाचन क्षेत्र रहेको यो जिल्लाको प्रदेशसभा (क) मा ४२ हजार ९९३ र (ख) मा ३२ हजार ५४५ मतदाता छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभातर्फ गरी कुल १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् निर्वाचनको सम्पूर्ण तयारी पूराप्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनका लागि चुनावमा खटिएका कर्मचारी मतदानस्थल र केन्द्रमा पुगेका छन् निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायतका सामग्री लिएर कर्मचारी म्याग्दीका सबै मतदान केन्द्रमा पुगिसकेको र निर्वाचनको तयारीमा लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?