इजिप्टको एक मस्जिद हमला, कम्तिमा २३५ जनाको मृत्यु

एजेन्सी । साइनाइस्थित मस्जिदमा २३५ जनाको ज्यान जाने गरी गरिएको हमलाका जिम्मेवार ठानिएकाहरुमाथि हवाई कारबाही सुरु गरेको इजिप्टको सशस्त्र फौजले जनाएको छ सन्दिग्ध बन्दुकधारीहरले प्रयोग गरेको सवारी साधनमाथि उनीहरुले प्रहार गरेको फौजले बताए राष्ट्रपति अब्दुल फतह अल सिसिले इजिप्टको आधुनिक इतिहासकै सबभन्दा नराम्रो आक्रमण भएको उक्त कारबाही प्रति कडा जवाफ दिने बताएका छन् बन्दुकधारीहरुले रावडा मस्जिदमा शुक्रबार प्रार्थना गर्नका लागि आएका मानिसहरुमाथि बम आक्रमण गर्नुका साथै भाग्न खोज्ने मानिसहरुमाथि गोली प्रहार गरेका थिए त्यस्तै, मस्जिद स्थानीय अल सवारका आदिवासीले प्रयोग गर्ने गर्थे । यो समुदायले इस्लामिक लडाकुहरुविरुद्ध रहेका सुरक्ष फौजलाई सहयोग गर्ने गरेको पाइएको थियो त्यो मस्जिद सुफिहरुमाझ पनि लोकप्रिय थियो जसलाई लडाकुहरुले विधर्मी मान्छन् । अहिले सम्म कुनै पनि आतकंवादी समूहले यो आक्रमणको जिम्मेवारी लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?