केपी ओलीको घरमा बम विष्फोट

झापा, ९ मंसिर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको केपीको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले त्यसलाई नेपाली सेनाका बम डिस्पोजल टोली निस्क्रिय परेको छ । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ त्यस्तै, नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ । विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?