गौचन हत्याका नाइकेको विदेशबाट व्यापारीलाई धम्की रकम उठाउँदै

काठमाडौँ, ९ मङ्सिर- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका नाइकेहरूले विदेशबाट फोन गरी व्यापारीलाई धम्क्याएर रकम असुलिरहेका छन् । गिरोहका मुख्य नाइके समीरमानसिंह बस्नेत र लोप्साङ लामाले विदेशबाट फोन गरी धम्क्याइरहेको स्रोत बताउँछ । हत्यामा संलग्न सातजना प्रहरी हिरासतमा छन् । उनीहरू सबै घटनाका सहायक अभियुक्त मात्र हुन् । हत्याका मुख्य योजनाकार पक्राउ नपर्दा व्यवसायी थप त्रसित भएका छन् । प्रहरीले योजनाकार समूहका एकजनालाई पनि पक्राउ गरेको छैन प्रहरीले समेत बस्नेत र लामा समूहले गौचनको हत्या गरेको पुष्टि गर्दै प्रतिवेदन सार्वजनिक गरेपछि उनीहरूको मनोबल उच्च भएको छ । सोही कारण उनीहरूले धम्की र असुलीलाई बढाएका छन् । नेपालका ठूला ठेकेदार, सुन व्यवसायी र उद्यमीहरू उनीहरूको निशानामा परेका छन् । प्रहरीले गौचनलाई गोली हान्नेमध्ये राजीव स्याङ्तान एक भएको बताए पनि उनले आफूले गोली चलाएको अस्वीकार गरेका छन्, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?