रुकुममा जीप दुर्घटना, बेहुलाबेहुलीसहित ७ जनाको मृत्यु

रुकुम, ९ मङ्सिर —पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटवाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको बलेरो जीप दुर्घटना भएको छ | मुसीकोट नगरपालिकाको वडा नम्बर ६ स्थित कालिमाटी भन्ने स्थानमा शुक्रबार साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो मृत्यु हुनेहरुमा मुसीकोट नगरपालिका १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, मुसीकोट नगरपालिकाका सुरेखा शाह छन यस्तै त्रिवेणी गाँउपालिका १ की यमुना मल्ल र रुकुमकोटका नविन श्रेष्ठ र उनकी पत्नी अनिता प्रधानको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले पुष्टि गरेको छ । मृत्यु भएका नवीन श्रेष्ठ र अनित प्रधान बिहे गरेर फर्कंदै थिए । उनीहरु दुवै प्रहरी निरीक्षक हुन् |दुर्घटनामा चालक र सहचालक सहित ३ जना घाइते भएको र उनीहरुको उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?