स्वास्थ्य बीमा दोब्बर बनाउने तयारी

काठमाडौँ, ९ मङ्सिर – एक परिवारलाई वार्षिक ५० हजार रुपियाँसम्मको स्वास्थ्य बीमा उपलब्ध गराइरहेको सरकारले त्यसलाई बढाएर एकलाख रुपियाँ पु¥याउने तयारीमा जुटेको छ । उपचार खर्च धान्न नसक्ने भएपछि सरकारले त्यसलाई बढाएर एकलाख पु¥याउन लागेको हो स्वास्थ्य बीमा ऐन संसद्बाट पारित भइसकेपछि नियमावलीको मस्यौदामा जुटेको सरकारले नियमावलीमा उक्त रकम बढाएर एक लाख रुपियाँ बनाउन लागेको हो सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले स्वास्थ्य बीमाको उपचार सुविधा हालको भन्दा दोब्बर बढाएर एक लाख रुपियाँ पु-याउने तयारी गरेको जानकारी दिँदै स्वास्थ्य बीमासम्बन्धी नियमावली आउने तयारीमा रहेको जानकारी दिए, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?