१२ आश्विन २०७९, बुधबार

निर्वाचनमा यसरी गर्नुस् मतदान

२०७४,मङ्सिर,९,शनिवार ००:४३

0
Shares

काठमाडौँ, ९ मङ्सिर – पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि अब २४ घण्टाको समय बाँकी छ । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारीसहित आवश्यक सामग्री पु-याइसकेको छ शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण सुरु भएको छ । मतदाता परिचयपत्र वितरणसँगै आयोगका कर्मचारीले मतसङ्केतको विधिसमेत मतदातालाई बुझाइरहेका छन्,गोरखापत्रले   खबर छापेको छ  | यसरी दिनुस् मतयो पटक निर्वाचनमा तीन प्रकारका मतपत्र छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र प्रदेशसभाको प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन् । प्रतिनिधिसभा प्रत्यक्षका लागि हरियो रङको मतपत्र छ । हरियो रङको मतपत्रमा हरियो रङका नै चुनाव चिह्न छन् । मतदाताले आफूले चाहेको दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नमा मत दिनुपर्नेछ । एकभन्दा बढी चिह्नमा मत दिए स्वतः बदर हुनेछ । यस्तै, प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र छ । कालो रङको मतपत्रमा सोही रङकै चुनाव चिह्न छन् । मतदाताले मतपत्रमा उल्लेख चिह्नमध्ये एउटामा मात्र मतसङ्केत गर्नुपर्नेछ समानुपातिकमा भने एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिने दलका चुनाव चिह्न छन् । रातो रङको पानामा रहेको माथिल्लो भागमा प्रतिनिधिसभाको समानुपातिकमा भाग लिने दलका चुनाव चिह्न छन् । मतदाताले कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउछन् । यस्तै तल्लो भागमा प्रदेशसभाको समानुपातिकमा भाग लिने दलको चिह्न रहनेछ । जसमध्ये पनि मतदाताले आफूले रोजेको कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउनेछन् । एकभन्दा बढी चिह्नमा मत दिए मत बदर हुनेछ यसरी हुन्छ बदरमतदाताले एकभन्दा बढी निर्वाचन चिह्नमा मतसङ्केत गरे मत बदर हुन्छ । यस्तै, चुनाव चिह्न रहेको कोठा बाहिर मतसङ्केत भएमा पनि मत बदर हुन्छ । मतसङ्केत गर्दा स्वस्तिक चिह्न बाहेक अन्य कुनै वस्तु प्रयोग भएमा पनि मत बदर हुन्छ । यस्तै मतदान अधिकृतको सही नभएको मतपत्रबाट मतदान गरेमा पनि मत बदर हुन्छ । मतदाताले यो पटक तीनवटा मतपत्रको चार ठाउँमा आफूले रोजेको उम्मेदवार वा दलको चुनाव चिह्नमा मत दिन पाउनु हुनेछ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,९,शनिवार ००:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर। आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधवार एक जनालाई पक्राउ गरेको छ । बैतडी सिगास

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधवार विहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका–१ बस्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता

काठमाडौं । निर्वाचन आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । ‘प्रतिनिधि सभा तथा

ताजा समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९