१२ आश्विन २०७९, बुधबार

काँग्रेस नेता निधिलाई निमोनिया, चुनावमा धक्का

२०७४,मङ्सिर,८,शुक्रवार १५:४३

0
Shares

काठमाडौँ, ८ मंसिर – नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिको उपचारमा संलग्न ओम अस्पतालका छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकालले निधिको फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पतालमै चिकित्सकको निगरानीमा रही उपचार गराइने जानकारी दिए उनले भने, “उहाँको जाँच गर्दा निमोनिया देखिएको छ, हामीले एक हप्ताको एन्टिबायोटिक औषधि चलाएका छौँ, धेरै जनासँगको भेटघाट र उठबसले निमोनिया सरेको हुन सक्छ, अरु सबै जाँच सामान्य छ ।”एक हप्ताअघिदेखि ज्वरो आइरहे पनि जनकपुरमा चुनाव प्रचारमा भएका निधि छाती दुखेपछि मात्र अस्पतालमा आएका थिए । डा ढकालले निधिको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको बताए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार १५:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै नेता र दललाई मतदान गरे अब देश नबन्नुमा जनतामा पनि दोषी पनि हुने

ताजा समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९