काँग्रेस नेता निधिलाई निमोनिया, चुनावमा धक्का

काठमाडौँ, ८ मंसिर – नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिको उपचारमा संलग्न ओम अस्पतालका छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकालले निधिको फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पतालमै चिकित्सकको निगरानीमा रही उपचार गराइने जानकारी दिए उनले भने, “उहाँको जाँच गर्दा निमोनिया देखिएको छ, हामीले एक हप्ताको एन्टिबायोटिक औषधि चलाएका छौँ, धेरै जनासँगको भेटघाट र उठबसले निमोनिया सरेको हुन सक्छ, अरु सबै जाँच सामान्य छ ।”एक हप्ताअघिदेखि ज्वरो आइरहे पनि जनकपुरमा चुनाव प्रचारमा भएका निधि छाती दुखेपछि मात्र अस्पतालमा आएका थिए । डा ढकालले निधिको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?