१५ आश्विन २०७९, शनिवार

६४ हजार सैनिक चुनावमा खटिए

२०७४,मङ्सिर,८,शुक्रवार १५:२८

0
Shares

काठमाडौँ, ८ मंसिर – नेपाली सेनाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ हजार २० जनशक्ति परिचालन गरिएको जनाएको छ ती फौजले मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रही आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ निर्वाचनमा खटिएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइमा सुरक्षा प्रदान गर्नाका साथै पहिलो चरणको निर्वाचनका लागि नेपाली सेनालाई तोकिएका स्थानमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको सेनाले जानकारी गराएको छ दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न गर्नाका साथै बाँकी रहेका केही जिल्लामा मतपत्र ढुवानी कार्य गरिरहेको छ नेपाली सेनालाई कारागार तथा विमानस्थलको सुरक्षाको जिम्मेवारी प्राप्त भएअनुसार हालसम्म देशका विभिन्न ५३ कारागार र २३ वटा विमानस्थलको सुरक्षार्थ फौज तैनाथ भइसकेको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन आसन्न निर्वाचनमा सुरक्षाको तेस्रो घेराको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार १५:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका

काठमाडौं । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको

लमजुङ । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ५

गोरखा। गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९