जताततै बम आतंक, घना बस्तीदेखि उम्मेदवारको गाडीमा सम्म बम

पोखरा, ८ मंसिर – पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजारस्थित वाम गठवन्धनको सम्पर्क कार्यालयमा आज साँझ कुकर बम विष्फोट गरिएको छ वाम गठबन्धन चुनाव प्रचार प्रसार समिति–९ द्वारा सञ्चालित सम्पर्क कार्यालयमा भएको बम विष्फोटबाट घरको सटरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए । घना बस्ती भएको सो ठाउँमा बम विष्फोट भएपछि स्थानीयवासी त्रसित भएका छन् यता अज्ञात समूहले आज साँझ सिरहाको मिर्चैया नगरपालिका–५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा पनि बम विष्फोट गराएको छ भने संघीय समाजवादी फोरम नेपालको प्रचार गाडीमा बम फेला परेको छ । वाम गठबन्धनका तर्फबाट सिरहा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयशंकर नायकले खोलेको गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट गराइएको हो कार्यालयको नवनिर्मित माथिल्लो तलामा कुकर बम विस्फोट भएको तर कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए । विष्फोट गराइएको ठाउँमा जयकृष्ण गोइतको हस्ताक्षर रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको प्रहरीले जनाएको छ आजै साँझ धनगढीमाई नगरपालिका–७ स्थित फुलकहामा राखिएको संघीय समाजवादी फोरम नेपालको प्रचार गाडीमा बम फेला परेको छ । फोरमका तर्फबाट सिरहा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पूर्वमन्त्री शत्रुघ्नसिंह कोइरीको बा ३ च ७६६१ नंको प्रचार गाडीमा प्रेसर कुकर बम फेला परेको हो उम्मेदवार सिंहसहितका नेता तथा कार्यकर्ता गाउँमा घरदैलो गर्न गएको र फर्केर गाडीमा चढ्न लाग्दा झोला राखिएको चालकले देखेका थिए । गाडीको पछाडि सिटमा राखिएको उक्त झोला बाहिर निकालेर हेर्दा कुकर बम भेटिएको र निष्क्रिय गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको भेटवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?