घर किन्ने आरजुमाथि ओलीको हमला : एक झोला पैसा हुँदैमा स्थानीय भइँदैन

धनगढी, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झोलामा पैसा छ भनेर घर किन्दैमा कोही पनि स्थानीय उम्मेदवार हुन नसक्ने बताएका छन् कैलाली क्षेत्र नं. ५ का कांग्रेस उम्मेदवार आरजु राणाले पर्यटक भएको आरोप लागेपछि घर किनेकी छिन् धनगढीमा आज आयोजित चुनावी सभामा राणाका प्रतिस्पर्धी वामगठबन्धनका उम्मेदवार नारदमुनी रानालाई भोट माग्दै अध्यक्ष ओलीले भने, ‘काठमाडौंबाट कोही–कोही मानिस पैसाको झोला बोकेर म त यहिको भए भन्दै घर–घरेडी किन्दै आएका छन् । यहाँ घर किन्दैमा यहाँको भन्न पाइन्छ ।’‘घर किनेको मान्छेले देखेको छैन । त्यतिकै आफ्नो मान्छे हुन्छ ? त्यसमा थपे,‘ हिजो अस्ति आएको भए पनि हुन्थ्यो ति ‘माहान छ कांग्रेसको लोकतन्त्र’ भन्दै ओलीले भने, माथितिर श्रमिान, तल श्रीमती, छोरा अलि सानो छ । नत्र छोरा पनि (उम्मेदवार) बनिसक्थ्यो । हाम्रो काम अरुलाई बोक्ने मात्र भयो ।’यहाँका थारुहरुले जित्नु हुँदैन ? काठमाडौंबाटै आउनु पर्छ भन्दै ओलीले १०४ वर्ष शासन गरेका राणाका छोराछोरीहरुको जिब्रोको स्वाद अझै मेटिनसकेको टिप्पणी समेत गरे वाम गठबन्धनका उम्मेवार नारदमुनी त्यहीँको धुलामाटोमा खेलेर हुर्किएको र जितेपनि हारेपनि त्यही रहने तर, अरु फर्केर आफ्नो पूरानै ठाउँमा जानुपर्ने हो उनले बताए जस्तो सुकै धाँदली गर्छु भन्ने सोचेको छ, त्यो हुन नदिने भन्दै ओलीले मतपत्रको बाकस आफूहरुको आँखाबाट आझेल पर्न नदिने बताए । साथै मंसिर २१ पछि वामपन्थी सरकार बन्छ भन्ने हेक्का राख्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?