पुत्रशोक पछि प्रचण्डको यस्तो छ पहिलो चुनावी भाषण

मनमाेहन, केपीजी र मैले केही नयाँ रेकर्ड बनाएका छौं, “प्रचण्ड”

मंसीर ८, भरतपुर। पूर्वप्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले कमरेड मनमाेहन अधिकारी, केपी शर्मा अाेली र अाफूले नेपालमा केही रेकर्ड बनाएकाे बताउनु भएकाे छवाइसियल नेपाल र युवा संघ नेपालकाे चितवन क्षेत्र नं.-३ काे संयुक्त भेलालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएकाे हाे। अध्यक्ष प्रचण्डले भन्नुभयाे, “नेपाल जहिले पनि राजनीतिक स्थिरताकाे भूमरिमा पर्याे। धेरै सरकारले नेपालमा विकास र समृद्धिकाे पहल गर्न सकेनन्। तर, कमरेड मनमाेहन, म र केपीजीले नेपालमा केही नयाँ रेकर्ड बनाएका छौं। हाम्राे नेतृत्वका सरकारहरुले जनता र राष्ट्रकाे पक्षमा अरुभन्दा राम्राे काम गरे र रेकर्ड बनाए।””सत्तरी वर्षदेखि भूमरिमा परेकाे देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा अाएकाे छ” प्रचण्डले भन्नुभयाे, “हामीले नै देशकाे जिम्मा लिनुपर्छ। कम्युनिष्टहरुकाे बलियाे एकताले मात्र बहुमतकाे सरकार दिन सक्छ, राजनीतिक स्थिरता दिन सक्छ। अनि, विकास र समृद्धिकाे नेतृत्व लिन सकिन्छ। अहिले त्यही संकल्पका साथ हामी एकतावद्द भएका छाैं।”कार्यक्रममा प्रचण्डले उपभाेक्तावादी संस्कृतिकाे प्रदुषणबाट ग्रसित बनाएर अाफ्नाे स्वार्थ पूर्ति गर्ने तत्वबाट सचेत रहन युवाहरुलाई अाग्रह गर्नुभयाे। भेलालाई एमाले चितवन जिल्ला अध्यक्ष तथा क्षेत्र नं.-२ का उम्मेद्वार कृष्णभक्त पाेखरेल, माअाेवादी नेताहरु अमिक शेरचन, नारायण दाहाल, सूर्य सुवेदी, वाइसियलका अध्यक्ष दीपशिखा लगायतले सम्बाेधन गर्नुभएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?