स्मार्टफोन निर्माता कम्पनीले ग्यालेक्सी एस सिरिजका नयाँ फ्ल्यागशीप सार्वजनिक गर्ने

एजेन्सी । विश्वकै नम्बर एक स्मार्टफोन निर्माता कम्पनी सामसङले ग्यालेक्सी एस सिरिजका नयाँ फ्ल्यागशीप फोन एस नाइन र एस नाइन प्लस सार्वजनिक गर्ने तयारी गरेको छ । स्मार्टफोन निर्माता कम्पनीले आगामी जनवरीको दोस्रो सातामा अमेरिकाको लस भेगासमा आयोजना हुने कन्जुमर इलेक्सट्रोनिक्स सो (सीईएस) २०१८ को अवसर पारेर दुवै मोडल सार्वजनिक गर्ने भएको छ सामसङले आधिकारिक रूपमा फोन सार्वजनिक गर्ने योजना भने मार्च महिनाका लागि बनाउँदै गरेको बताइएको छ । कम्पनीको योजनाअघि नै सीईएस २०१८ मा सार्वजनिक गर्ने अनुमान गरिएको हो । गत वर्षको सीइएसमा पनि सामसुङको उपस्थिति सामान्यमात्र भएकाले यो वर्ष पनि कम्पनीले फोन सार्वजनिक गर्ने नगर्ने भन्ने स्पष्ट नभएको बहस पनि टेक साइटहरूमा चलिरहेको छ सामसङको ग्यालेक्सी एस नाइन र एस नाइन प्लसमा दुबै फोन एस एट र एस एट प्लसकै विकसित रूप हुनेछन् । नयाँ आउने फोनमा ग्यालेक्सी एस एट र एस एट प्लसकै आकारमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?