स्वदेशी लगानी मै बुढिगण्डकी आयोजना निर्माण गर्ने सरकारको निर्णय

काठमाडौं, ८ मंसिर । बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको छ शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्नेे निर्णय सरकारल गरेको हो बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने अघिल्लो निर्णयलाई खारेज गरेर सरकारले यो आयोना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ । आयोजना स्वदेशी लगानी र प्रविधिमै निर्माण गर्ने निर्णय गरिएको उपप्रधानमन्त्री एवं उर्जा मन्त्री कमल थापाले जानकारी दिएका छन् सरकारले आयोजना निर्माणका लागि आवश्यक लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको नेतृत्वमा अर्थ असचव, उर्जा सचिव र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी समिति नै बनाइएको छ त्यस्तै, आज बसेको मन्त्रीपरिषद्को बैठकले बुण्गिण्डकी जलविद्युत आयोजना निर्माणको काम ८ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?