अफगान सेनाको कारबाहीमा १७ तालिबान लडाकू मारिए

अफगानिस्तान, ८ मंसिर । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा प्रहरी र सेनासहितको संयुक्त सैन्य समुहले शुक्रबार बिहान गरेको कारबहमिा परी कम्तीमा१७ जना तालिवान लडाकूहरु मारिएको समाचारले जनाएको छ शुक्रबार बिहान कान्दाहार प्रान्तको शहर ए सफा जिल्लाको सीमा प्रहरी बल र सेनाले यो कारबाही गरेको समाचारमा जनाइएको छ यस कारबाहीमा १२ तालिवान आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएका अफगानिस्तानको गृह मन्त्रालयले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ । उनीहरु लुकेर बसेको आश्रयस्थलमा यो कारबाही भएको थियो ।तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतकं मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?