१५ आश्विन २०७९, शनिवार

आइसिसी महिला विश्वकप टी २०ः नेपालले मलेसियालाई ३३ रनले पराजित

२०७४,मङ्सिर,८,शुक्रवार ०९:१४

0
Shares

काठमाडौं, ८ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल महिला टि–२० विश्वकपको एसियाली छनोटमा नेपालले जित हात पारेको छ नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै जित हात पारेको हो नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउँदै मलेसिया निर्धाति २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा सिमित रह्यो । मलेसियाकी इम्याइलिया इलियानीले सर्वाधिक २४ रन जोडिन् । त्यसबाहेक जियानी सायमिमीले १६ तथा दुरिसिंन्गमले ११ रन बनाइन् । नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का, सरिता रानामगर, नेरी थापा र रितु कनौजियाले समान १–१ विकेट लिए त्यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालका सीता राना मगर र ज्योति पाण्डेको अर्धशतकिय साझेदारीको मदतले निर्धाति २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ बनाएको थियो । १२ ओभर २ बलमा मस एलिसाले सरितालाई ३७ रनमा रनआउट पार्नुअघि यो जोडीले ६६ रनको साझेदारी गरेको थियो । त्यसबाहेक नेपालका लागि ज्योति पाण्डेले २१, काजोल श्रेष्ठले १४ रन जोडिन् मलेसियाकी नुर एरिना नट्सया र जन्नादिहा हालिमले समान दुई दुई विकेट लिईन । राउण्ड रोबिन आधारमा खेलाइएको प्रतियोगितामा नेपालको यो चौथो खेलमा पहिलो जित हो

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार ०९:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी

काठमाडौं । भियतनाममा हुने एएफसी यू–१७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ

काठमाडौं । नाबालिकाविरुद्ध बलात्कारको आरोप लागेका सन्दिप लामिछाने टिकाको भोलिपल्ट अर्थात असोज २० गते नेपाल आइपुग्ने भएका छन् । उनले

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन् । शुक्रवार संगीतकार संघ नेपालले आयोजना

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९