१२ आश्विन २०७९, बुधबार

‘विराटनगरलाई धुलोमुक्त बनाउ’

२०७४,मङ्सिर,८,शुक्रवार ०९:०४

0
Shares

विराटनगर, ८ मंसिर – मोरङका छवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये तीनवटा निर्वाचन क्षेत्रसँग जोडिएका विराटनगरका मतदाताले सबैभन्दा बढी सडक निर्माणको मागलाई अघि सारेका छन् ‘सुख्खामा धुलाम्मे र वर्षामा हिलाम्मे’ अवस्थाबाट आजित विराटनगरका मतदाता यस कठिनाइबाट कहिले मुक्त हुन पाइन्छ भन्दै उम्मेदवारसँग प्रश्न गदैैआएका छन् मोरङको छवटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ४, ५ र ६ प्रतिनिधिसभा क्षेत्रमा विराटनगरका मतदाता पर्छन् । क्षेत्र नं ४ मा ९९ हजार १२३ मतदातामध्ये विराटनगरको १, २, ३, ८, १० र १९ वडाका गरी ४१ हजार ४७ मतदाता छन् त्यसैगरी, क्षेत्र नं ५ मा कूल ८९ हजार २८७ मतदातामध्ये विराटनगरको १३ देखि १८ नं वडासम्मका २९ हजार ४०२ तथा क्षेत्र नं ६ मा कूल एक लाख १० हजार ३२२ मतदातामध्ये विराटनगरको ५२ हजार ८८३ मतदाता रहेका छन् यी तीनवटै संसदीय क्षेत्रका उम्मेदवारको हारजितमा विराटनगरका मतदाता उलटफेर गर्ने क्षमता राख्छन् । त्यस्तो अवस्थामा पनि ऐतिहासिक नगरी विराटनगर यतिखेर धुलोले ढाकिएको अवस्थामा छ । सो कारणले विराटनगरका मतदाताले उम्मेदवारसमक्ष पहिलो प्राथमिकतामा यहाँको धुलो र हिलोबाट मुक्त हुने माग राख्दैआएका छन् विराटनगरका मतदाता माधव अधिकारी सफा विराटनगर, धुलो र हिलोमुक्त विराटनगर सबैको साझा माग रहेको बताउछन करिब रु तीन अर्बको लगानीमा विराटनगरको ढल, सडक, नाला र प्रशोधन केन्द्र स्थापनाका लागि एशियाली विकास बैंकको ८१ प्रतिशत अनुदान, ११ प्रतिशत नगरविकासको ऋण र आठ प्रतिशत विराटनगर महानगरपालिको लगानीमा ६२ किमी पक्की ढल तथा ६५ किमी सडकलाई कालोपत्र गर्नेलगायतका काम थालिएको हो सन् २०१३ डिसेम्बर २ तारेखमा सम्झौता भई २०१६ मईमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न गर्नका लागि सिटिसिई–कालिका कम्पनीलाई ठेक्का दिइएको थियो निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि निर्माणका लागि अवधि थप गरिएको छ । तर, सुस्त गतिले काम भइरहेकाले थपिएका समयमा पनि काम सम्पन्न हुने सम्भावना नदेखिएपछि उम्मेदवारसँग मतदाताले प्रतिबद्धता माग गरिरहेका छन् ।

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार ०९:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै नेता र दललाई मतदान गरे अब देश नबन्नुमा जनतामा पनि दोषी पनि हुने

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९