१३ आश्विन २०७९, बिहीवार

मौन अवधिमा स्थानीय भेला गरेको भन्दै देवयानीमाथि आक्रमण

२०७४,मङ्सिर,८,शुक्रवार ०९:०४

0
Shares

सिन्धुपाल्चोक, ८ मंसिर । मौन अवधि चलिरहेको बेला चुनावीसभा गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी देवयानीलाई सिन्धुपाल्चोकमा वामपन्थी कार्यकर्ताले अवरोध गरेका छन् बुबा जबरालाई चुनाव जिताउन केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएकी देवयानीलाई वामपन्थी कार्यकर्ताले आक्रमणको प्रयास गरेपछि सुरक्षाकर्मीले स्कर्टिङ गरी काठमाडौं पठाएका छन् शुक्रबार विहान चौतारा नगरपालिकाको कल्लेरीस्थित कांग्रेस नेता यज्ञप्रसाद दंगालको घरमा स्थानीय भेला गरेको भन्दै वामपन्थी कार्यकर्ताले आपत्ति जनाएका थिए । सो क्रममा कार्यकर्तासँग विवाद हुँदा एकजनाले पानीको जार उठाएर देवयानीमाथि आक्रमण गरेका थिए मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले र माओवादीका कार्यकर्ताले विरोध गरेका थिए । पानीको जारबाट देवयानी बच्न सफल भइन देवयानीलाई सशस्त्र प्रहरीले स्कर्टिङ गरि सैनिक क्याम्पमा राखेको थियो । त्यहाँ पनि वामपन्थी कार्यकर्ताले नाराबाजी गरेपछि उनलाई सुरक्षा सहित काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार ०९:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने भएका छन्

पोखरा । पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भैरहेको सिर्जनाचोकस्थित आफ्नो

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । पाण्डेकी आमा मनमाया पाण्डेको आज बिहान सवा ४

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

ताजा समाचार

दक्षिण अफ्रिकामाथि भारतको जित
 २०७९,आश्विन,१३,बिहीवार १०:४६