निर्माण र विकासका योजनासहित वामगठबन्धका साँझा प्रतिवद्धतापत्र सार्वजनिक

पोखरा, ८ मंसिर । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नं १ र सोहि क्षेत्रका प्रदेशसभा सदस्य (क) र (ख) का उम्मेदवारले आज साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ‘सुविधा सम्पन्न पूर्वी कास्कीको आधार–विकासका लागि ब्यापक पूर्वाधार’, ‘सामाजिक आर्थिक रुपान्तरणको आधार–पूर्वी कास्कीभरी यातायात र सञ्चार सञ्जाल’, ‘आर्थिक अवस्थामा तीव्र वृद्धी– विद्युत् ऊर्जाबाट आर्थिक समृद्धि’, ‘गाउँ गाउँमा सहकारी–घरघरमा रोजगारी’ र ‘सम्पूर्ण नागरिक– सम्पत्तिका मालिक’ जस्ता नारालाई सो प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ प्रतिबद्धता पत्रमा प्रत्येक परिवारमा एक महिला र एक पुरुषलाई रोजगारी उपलव्ध गराउने, घरजग्गा विहीन सुकुम्वासी, विपन्न परिवारलाई पाँच वर्षभित्र लालपुर्जासहितको घर उपलव्ध गराउने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क, गरीब तथा असहाय नागरिकको स्वास्थ्य बीमामा ५० प्रतिशत रकम स्थानीय र प्रदेश सरकारले बेहोर्ने गरी प्रभावकारी रुपमा लागू गर्ने जनाएको छ घरघरमा बिजुली जनजनमा शेयर अनुरुप स्थानीय जनता र सरकारको संयुक्त लगानीमा मादी, रुदी इदी, रुपाताल, बेगनास, दोभन, तालवँेसी, आँपु, ढाड र बिर्दी खोलामा मझौला तथा साना जलविद्युत् उत्पादन गर्ने, बिजुली नपुगेका गाउँ र टोलमा अविलम्ब बिजुली जडान गर्ने, सोलार ऊर्जा जडानमा अनुदान र छुटको व्यवस्था गरिने सो प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ त्यस्तै त्यस क्षेत्रका सबै सडकको स्तरोन्नति र कालोपत्रे गर्ने, नदी तथा खोलामा पक्की एंव झोलंङे पुल निर्माण गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का उपाध्यक्ष, पूर्वमन्त्री एवं प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारीले त्यस क्षेत्रमा संचालन भएका जलविद्युत आयोजनावाट १० प्रतिशत कर, पर्यटन शुल्क, स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारवाट श्रोत परिचालन गरी विकास निर्माण कार्यलाई अगाडि वढाइने जानकारी दिए उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र राजनैतिक स्थायीत्वका लागि पनि वामगठवन्धनको वहुमतको सरकार आवश्यक परेको बताए वामगठबन्धन क्षेत्र नं १ निर्वाचन परिचालन कमिटिका संयोजक श्रीनाथ बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा क्षेत्र नं .१ (क) का उम्मेदवार दीपक कोइराला र (ख)का उम्मेदवार मनबहादुर गुरुङले वामगठबन्धनको सरकार बनेपछि राजनीति र विकास निर्माणका दिशालाई निर्देश गर्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?