वडा अध्यक्ष बुढाकी श्रीमती कुटपिट गर्ने कांग्रेसका ४ कार्यकर्ता पक्राउ

रुकुम, ८ मंसिर । रुकुमको सानीभेरी गाँउपालिका वडा नं. ७ का अध्यक्ष कुलवहादुर बुढाकी श्रीमती कल्पना बुढालाई कुटपीट गरेका छन् सदरमुकाम खलंगामा आयोजीत चुनावी सभाबाट घर फर्कदै गरेका नेपाली कांग्रेस सम्बद्ध तरुणदलका कार्यकर्ताहरुले घरमै बसेकी कल्पनालाई कुटपीट गरेको सानीभेरी गाँउपालिका अध्यक्ष नरवहादुर पुनले बताए अध्यक्ष कुलवहादुर बुढालाई कुटपीट गर्ने उद्देश्यले त्यहाँ पुगेका कांग्रेस कार्यकर्ताहरुले बुढालाई नभेटेपछि श्रीमती कल्पनालाई कुटपीट गरेको बताइएको छ । कुटपीटबाट गम्भीर घाईते कल्पनाको चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज ल्याइएको छ कुटपीट गर्नेहरुलाई हिजो राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा चौरजहारी नगरपालिका वडा नं. ९ का नरेन्द्र मल्ल, चौरजहारी नगरपालिका वडा नं. १ का शंकर विक र तेजबहादुर विक र चौरजहारी नगरपालिका ३ का प्रेमबहादुर मल्ल रहेका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?