पूर्व प्रधानमन्त्री खनाल र पूर्व सभामुख नेम्वाङबीच प्रतिस्पर्धा, उम्मेदवार जनताका घर घरमा

इलाम, ८ मंसिर । संविधानसभाबाट जारी नेपालको संविधानमा भएका प्रावधान कार्यान्वयन गर्ने सिलसिलामा हुन गइरहेको यसपटकको निर्वाचन गतिविधि गाउँमुखी देखिएको छ पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नजिकिँदै गएको निर्वाचन केन्द्रित गरेर आफ्ना क्रियाकलापलाई गाउँगाउँमा पु¥याइएका छन् । उनीहरुले जनतासमक्ष आ–आफ्ना प्रतिबद्धता व्यक्त गरिरहेका छन् दोस्रो चरणअन्तर्गत यही मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आफ्नो पक्षमा पार्ने होडमा अन्य जिल्लामा जस्तै इलाममा पनि वाम र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएको छ भने क्षेत्र नं २ बाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । त्यसले गर्दा इलाम अहिले राष्ट्रिय चर्चामा छ । चुनावी प्रचारप्रसारका क्रममा उहाँहरु दुवैजना आफ्ना क्षेत्रका ग्रामीण इलाकामा हुनुहुन्छ पूर्वप्रम खनाल सन्दकपुर गाउँपालिकाका वडामा मत माग्दै घरदैलो अभियानमा छन् । उनका प्रमुख प्रतिस्पर्धीका रुपमा देखिनुभएका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका भूपेन्द्र कट्टेल पनि घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । उहाँले श्रीअन्तु, सवाललुबुङलगायतका विभिन्न स्थानमा पुगेर जनतासमक्ष मत मागिरहेका छन् यसैगरी पूर्वसभामुख नेम्वाङ शनिबारसम्म आफ्नो क्षेत्रका सबै गाउँपालिकाको घरदैलो पूरा गर्ने क्रममा रहेको छ । उनिविरुद्ध नेपाली काँग्रेसका केशव थापा निर्वाचनमा उत्रेका छन् । उनले पुवा मजुवा, चमैटाजस्ता भेगमा घरदैलो भ्याइसकेका छन् छ भने शनिबार शाखेजुङ र शान्तिडाँडा जाँदै छन् उनीहरु जस्तै अन्य दलका उम्मेदवारले पनि घरदैलोलाई गाउँ केन्द्रित बनाएका छन् । ग्रामीण क्षेत्रको घरदैलो सकाएर उहाँहरु इलामका शहरमा केन्द्रित हुने सम्बन्धित जिल्ला पार्टीले कार्यक्रम तय गरेको छ घरदैलोका क्रममा उहाँहरुले इलामको विकास र समृद्धिलाई जोडतोडले अठाएका छन् । नगदेबालीको मूल्य निर्धारण र किसानको जीवनस्तरमा सुधारगर्ने जस्ता विषयलाई उनीहरुले सबैभन्दा बढी चर्चामा ल्याएका छन् निरन्तर पेचिलो बन्दै आएको इलामका चियाको मूल्य निर्धारणलाई न्यायोचित बनाउने, अलैँची किसानका समस्यालाई पनि सम्बोधन गर्नुपर्ने चुनौती जस्ता मुद्दा समाधान गर्ने यहाँका राजनीतिक दलले प्रतिबद्धता व्यक्त गरेका छन् इलाम नगर–२ का ४६ वर्षीय राजेश खनाल यहाँ खानेपानी समस्या मुख्य भएको बताउनुहुन्छ । उहाँका अनुसार विगत १० वर्षदेखि यो मुद्दा ज्यूँका त्यूँ छ । नेताहरु शहर आएपछि पुनः उक्त मुद्दालाई सम्बोधन गर्न बाचा गरिरहेको खनालको बुझाइ छ त्यस्तै इलाम सुन्तलाबारीका रोहितकुमार शिवा भन्नुहुन्छ, “आजसम्म सोचेअनुसारको परिवर्तन हुन सकेन, विकास निर्माणले गति लिएन, त्यसैले अझै मतदान कसलाई गर्ने भन्ने यकिन छैन विगतका निर्वाचनमा गाउँ नपुगेका दल तथा त्यसका नेता कार्यकर्ताले यसपालिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई घर घरमा पु¥याएका छन् । उनीहरु पनि विगतको तुलनामा गाउँ केन्द्रित भएर मतदाता रिझाउन तल्लिन देखिएका छन् यस जिल्लामा कूल दुई लाख चार हजार ५० मतदाता छन् । यहाँको निर्वाचन क्षेत्र नं २ मा एक लाख दुई हजार ९८४ मतदाता छन् । यस क्षेत्रको प्रतिनिधिसभामा १० वटा राजनीतिक दलले भाग लिएका छन् भने १० जना नै उम्मेदवारी दिएका छन् यस क्षेत्रको प्रदेश नं (क) मा ५३ हजार ७१५ मतदाताले सात राजनीतिक दलका सातैजना उम्मेदवारबाट आफ्नो प्रतिनिधि चुन्नु पर्नेछ । त्यसैगरी प्रदेश नं (ख) का ४९ हजार २६९ मतदाताले १० राजनीतिक दलका १० र एकजना स्वतन्त्र गरी ११ जना उम्मेदवारबाट आफ्नो जनप्रतिनिधि छनोट गर्नुपर्नेछ । यस निर्वाचन क्षेत्रमा कूल २६६ मतदान केन्द्र तोकिएको छ यसैगरी निर्वाचन क्षेत्र नं. १ मा कूल एक लाख एक हजार ६२ मतदाता छन् । त्यसमध्ये प्रदेश (क) मा ५१ हजार ४५६ र प्रदेश (ख) मा ४९ हजार ६०६ मतदाताले मत खसाल्ने छन् । त्यस्तै यस क्षेत्रको प्रदेश (क) ६६ र प्रदेश (ख) मा ६३ मतदान केन्द्र कायम गरिएको छ जिल्लामा प्रतिनिधिसभाका लागि आठ राजनीतिक दलका आठजना उम्मेदवारले भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?