सिटी एक्सप्रेस मनी ट्रान्सफरको पहिलो पटक भाइबर सेवा सुरु

काठमाडौं, ८ मंसिर । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा सुरु गरेको छ उक्त सेवाा मार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट, कम्यूटर लगायतबाट रेमिटान्स सेवाको सम्पूर्ण जानकारी लिन सक्ने कम्पनीले जनाएको छ कम्पनीका अनुसार ग्राहकहरुले सिटी एक्सपे्रसको भाइबर सेवामार्फत आफुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सक्नेछन् यो सेवा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र नभएर जोसुकैले पनि उपयोग गर्न सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?