वामगठबन्धको चुनावी कार्यक्रमलाई लक्षित गरि बम विष्फोट

धनकुटा, ८ मंसिर । धनकुटाको फुङसुवा खोला नजिक बम विष्फोट भएको छ । बम विष्फोटमा परि एक जना घाइते भएका छन् धनकुटा नगरपालिका वडा नं. ९ र खाल्सा छिन्ताङ शहीदभूमी गाउपालिका वडा नं. ७ को सिमानामा पर्ने फुङसुवा खोला क्षेत्रमा बम विष्फोट भएको हो आज वाम गठबन्धनले गर्ने भनिएको चुनावी कार्यक्रमलाई लक्षित गरी बम विष्फोट गराइएको हो बम विष्फोटमा परि पैदलयात्री स्थानीय तेजबहादुर कार्की घाईते भएका छन् । घाइते कार्कीको अवस्था सामान्य रहेको छ बम विष्फोट भएको खबर प्राप्त भएसँगै प्रहरी टोली घटनास्थलमा गएको धनकुटाका प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिए वम विष्फोट कसले गराएको हो भन्ने खुल्न नसकेको प्रहरी उपरीक्षक भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?