बंगलादेशका अवैधानिक कलेजमा नेपाली विद्यार्थीहरुले मेडिकल शिक्षा अध्ययन गरेको खुलासा

काठमाडौं, ८ मंसिर । नेपाली विद्यार्थीहरुले बंगलादेशका अवैधानिक कलेजहरुमा एमबीबीएस र बीडीएसको अध्ययन गरिरहेको खुलासा भएको छ । यसको खबर पाएलगत्तै नेपाल सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्न जानको लागि रोक लगाएको बंगलादेशका अवैधानिक कलेजमा करिब २ सय जना नेपाली विद्यार्थीहरुले पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली दूतावासले नेपाल मेडिकल काउन्सीललाई गराएको छ दूतावासले दिएका जानकारी अनुसार बीडीएस र एमबीबीएस पढाउने केही कलेजहरु कालोसूचीमा छन् र ती कलेजहरुमा करिब २ सय नेपाली विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ‘शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत सबैबाट प्राप्त जानकारी अनुसार करिब २ सय जना नेपाली विद्यार्थीहरु अवैध कलेजमा पढिरहेको अनुमान छ,’ नेपाल मेडिकल काउन्सीलका प्रवक्ता डा. दिलिप शर्माले बताए अनुसार, ‘दूतावासले यो जानकारी दिएलगत्तै बंगलादेशमा मेडिकल पढ्न जान रोकेका छौं ।’अवैध रुपमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुलाई उद्धारका लागि पहल गरिरहेको प्रवक्ता शर्माले जानकारी दिए । मेडिकल शिक्षाकालागि धेरै नेपाली बंगलादेश जाने गरेका छन् शर्माका अनुसार, आफूहरु फसेको जानकारी पाएलगत्तै नेपाली विद्यार्थी र तिनका अभिभावकहरुले पनि काउन्सीलमा उजरी दिने क्रम जारी छ नेपाली विद्यार्थी पढिरहेका बंगलादेशका कलेजहरुले सरकारी मापदण्ड पूरा नगरेको, विश्वविद्यालयबाट सम्बन्ध नलिएको र कुनै दर्ता नै भएको पाइएको छ । ‘मेडिकल पढाउने कलेजहरु कुनै न कुनै विश्वविद्यालयमा दर्ता त हुनुपर्ने तर त्यसो नभएको पाइयो’ शर्माले भने बंगलादेशमा एमबीबीएस पढ्न करिब ५० देखि ६० लाख रुपैयाँसम्म खर्च लाग्छ । यो रकम किस्ताबन्दीमा तिर्न मिल्ने र भिसा पनि सजिलै पाइने भएकाले धेरै नेपाली विद्यार्थीहरु बंगलादेशमा पढ्न जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?