अमेरिकाले एक करोड डलर मूल्य तोकिएका इस्लामवादी नेता सइद रिहा

एजेन्सी । पाकिस्तानका एक जना उच्च इस्लामवादी नेता हाफिज सइद अदालतको आदेशपछि नजरबन्दबाट मुक्त भएको छ अमेरिकाले एक करोड डलर मूल्यको घोषणा गरेका नेता हाफिज सइदलाई अदालतको आदेशपछि मुक्त भएका हुन् संयुक्त राज्य अमेरिका र भारतले ९ वर्षअघि १ सय ६० जना भन्दा बढी मारिने गरी भारतको मुम्बइ शहरमा भएको श्रृखंलाबद्ध आक्रमण सहितको उग्रवादी गतिविधिको योजना बनाएको आरोप सइदमाथि लगाइदैँ आएका छन् उनले नेतृत्व गरेको एउटा प्रतिबन्धित संस्था जमात उद दावाले उनको रिहाई लगत्तै एउटा भिडियो सार्वजनिक गरेको छ जसमा सइदले भारतले लगाएको आरोप गलत भएको बताएका छन् उनले भारत प्रशासित कश्मिरको स्वतन्त्रताका लागि पाकिस्तानी नागरिकहरुलाई साथ दिने प्रतिबद्धता पनि जनाएका छन् त्यस्तै, यसै हप्ता पाकिस्तानी अदालतले सइद सार्वजनिक सुरक्षाका लागि जोखिम रहेको भन्ने सरकारी तर्कलाई अस्वीकार गर्दै उनलाई रिहा गर्न आदेश दिएको थियो मुम्बइमा सन् २००८ मा बन्दुकधारीहरुले गराएका योजनाबद्ध आक्रमणमा १६० जना भन्दा बढीको मृत्यु भएको थियो सो हमलामा आफ्नो संलग्नता नरहेको उनले बताउने गरेका छन् ती धार्मिक नेतालाई उत्तरपूर्वी पाकिस्तामा अवस्थित लहोरमा बिहीबार साँझ रिहा गरिएको थियो रिहाइ लगत्तै दिएको भिडियो सन्देशमा उनले भनेका छन्, भारतले सधैँ आतंकवादीको आरोप लगाएपनि उच्च अदालतको आदेशले भारतीय प्रचार झुट्टो रहेको पुष्टि गरेको छ बीबीसीलाई सन् २०१४ मा दिएको एउटा दुर्लभ अन्तर्वार्तामा सइदले मुम्बइ आक्रमणसँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै त्यो भारतीय प्रचारबाजी भएको बताएका थिए भारतले आफ्नो भूमिमा भएका कैयौं उग्रवादी हमलामा सइद र उनको संगठन संलग्न रहेको आरोप लगाउने गरेको छ तर पाकिस्तानले उनीविरुद्ध अभियोग लगाउने आधार सहितका प्रमाण नभेटिएको बताउने गरेको छ सन् २००१ मा भारतीय संसदमा गरिएको हमलामा लस्कर ए तायबालाई आरोपित गरिएपछि उनलाई तीन महिना थुनामा राखिएको थियो सन् २००६ को अगष्टमा पनि अरु देशहरुसँगको सम्बन्ध बिग्राने गतिविधिमा संलग्न रहेको आरोपमा उनी केही महिना जेलमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?