कांग्रेसका महामन्त्री डा. शशांकको चुनावी प्रचार कार्यालय अगाडि कुकर बम

नवलपरासी, ८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको चुनावी प्रचारप्रसार कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ नवलपारासीको बर्दघाट सुस्ता पूर्व देवचुली नगरपालिका–२ चौधरी उद्योग अगाडी रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयअगाडि आज बिहान बम भेटिएको हो कांग्रेसको पार्टी कार्यालय अगाडि बम कसले राखेको कुनै यकिन नभए पनि विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीले राखेको हुन सक्ने अनुमान गरिएको छ बमलाई निष्क्रय गर्नको लागि नेपाली सेनाको बम डिस्फोजल टोलीलाई घटनास्थलमा बोलाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ आज बिहान करिब ५ बजे गाउँलेले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त खबर पाए लगत्तै प्रहरी त्यस तर्फ पुगेका थिए । साथै उक्त बम करिब ३ बजे राति राखिएको हुन सक्ने अनुमन प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?