मध्यराति रसुवामा झडप, स्थिति नियन्त्रणमा लिन १३ राउण्ड हवाई फायरिङ

रसुवा, ८ मंसिर । दक्षिणी रसुवाको कालिकास्थानमा क्षेत्रमा गएराति ११ बजे हवाई फायरिङ भएको छ मौन अवधि सुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति सिर्जना भएपछि गएराति ११ बजे रसुवाको कालिकास्थान क्षेत्रमा हवाई फायरिङ भएको हो लोकतान्त्रिक गठबन्ध र वाम गठबन्धका कार्यकर्ताबीच झडप हुन थालेपछि त्यहाँको अवस्था तनावग्रस्त भएको थियो । दुई दलका कार्यकर्ताबीच भएको झडप स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले १३ राउण्ड हवाई फायरिङ नै गर्नुपर्ने स्थिति सिर्जना भएको थियो । प्रहरीले गरेको हवाइ फायरपछि दुवैतर्फका कार्यकर्तां तितरवितर भएका थिए गएराति तनाव भए पनि अहिले त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप प्रहरी परिचालन गरिएको प्रजिअ न्यौपाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?