अध्यक्ष दाहाल आजदेखि चुनावी अभियानमा सहभागी हुने

काठमाडौं, ८ मंसिर । पुत्र प्रकाश दाहालको निधन पछि शोकमा परेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजदेखि चुनावी कार्यक्रममा सहभागी जनाउने भएका छन् यहि मंसिर ३ गते छोरा प्रकाश दाहालको नर्र्भिक अस्पतालमा हृदयाघातका कारण निधन भएपछि चुनावी अभियान स्थगन गरेका प्रचण्डले शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी अभियानमा सहभागी हुन लागेका हुन् निर्वाचन क्षेत्रमा चुनावी अभियान बाँकी रहेकाले घरदैलोसहित चुनावी कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुन लागेको जानकारी उनका प्रेस संयोजक मनहरि तिमिल्सेनाले बताएका छन् प्रचण्ड चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन् तिमिल्सेनाले दिएका जनाकारी अनुसार, शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ चुनावी कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल, पत्नी सीतासहित छोरी रेणु चितवन जाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?