१३ आश्विन २०७९, बिहीवार

निर्वाचन नजिकिदै गर्दा भक्तपुरमा आचारसंहिता उल्लंघन बढ्दो

२०७४,मङ्सिर,८,शुक्रवार ०३:३७

0
Shares

भक्तपुर, ८ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा चिर्वाचन आचारसंहिता उल्लंघन बढेको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा तुल झुण्ड्याउने, ब्यानर र झण्डा राख्ने क्रम बढेको हो निर्वाचन कार्यालयका प्रमुख उमेश राईले आयोगले जारी गरेको आचारसंहिता विपरीत विभिन्न दललाई जिल्लाका अधिकांश क्षेत्रमा राखेका तुल तथा ब्यानर हटाउन र अब नटाँस्न निर्देशन दिए पनि निर्देशनको अवज्ञा गर्दै आएको बताए चुनावी मैदानमा उत्रिएका नेकपा (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी लगायतका दलले आचारसंहिता उल्लंघन गरेको कार्यालयको भनाइ छ निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले कालोसूचीमा राख्नेदेखि रु एक लाखसम्म जरिवाना गर्न सक्ने तथा उम्मेदवारको उम्मेदवारी खारेजसमेत गर्नसक्ने अधिकार आयोगलाई छ यसैगरी लगातार आचारसंहिता उल्लंघन गर्नेलाई आगामी पाँच वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्नसक्ने व्यवस्था पनि छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,८,शुक्रवार ०३:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने भएका छन्

पोखरा । पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भैरहेको सिर्जनाचोकस्थित आफ्नो

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । पाण्डेकी आमा मनमाया पाण्डेको आज बिहान सवा ४

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

ताजा समाचार

दक्षिण अफ्रिकामाथि भारतको जित
 २०७९,आश्विन,१३,बिहीवार १०:४६