युनिटीको फैसला यसरी उल्टियो

काठमाडौँ, ८ मङ्सिर- युनिटी प्रकरणमा जिल्ला अदालतबाट दोषी ठहर भएका आरोपितले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीशहरू दुर्गादत्त भट्ट र शेखरप्रसाद पौडेलको संयुक्त इजलासले पुनरावेदनका लागि दर्ता भएका विभिन्न १८ मुद्दामा सुरुको फैसला उल्टिने आदेश दिएको हो, कान्तिपुरमा खबर छ युनिटी प्रकरणका आरोपितले विभिन्न जिल्लाबाट फैसला भएका ठगी मुद्दासहित कम्पनी ऐनबमोजिमको सजाय, बिनाइजाजत वित्तीय कारोबार गरेको, राजस्व चुहावटलगायत मुद्दामा सफाइ पाएका हुन् । युनिटी लाइफको मुख्य मुद्दा जिल्ला अदालत ललितपुरबाट किनारा लागेको थियो जिल्ला अदालत ललितपुरले २०७० चैतमा युनिटीका १२ सञ्चालकलाई १ करोड ६ लाखका दरले जरिवाना र ३ वर्ष कैद हुने फैसला गरेको थियो । युनिटीका सञ्चालक नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षत्री, कृष्ण क्षत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर टण्डन, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवालीलाई दोषी ठहर्‍याएको थियो युनिटीले चेन व्यवसाय सञ्चालन गरेर ३ लाख ६६ हजार सदस्यबाट ३ अर्ब ७९ करोड रुपैयाँ ठगी गरेको आरोप थियो । अनुसन्धानमा सञ्चालकले कम्पनीको रकम व्यक्तिगत खातामा राखेको भेटिएको थियो । युनिटीको मुद्दामा प्रहरीले देशभरका विभिन्न अदालतमा दायर मुद्दामा कुल १ सय १२ जनालाई प्रतिवादी बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?