चुनाव भयो कि उच्च आर्थिक वृद्धि

काठमाडौँ, ८ मङ्सिर- प्रजातन्त्र पुनर्बहाली भएयता निर्वाचन भएका वर्षहरूमा आर्थिक वृद्धिदर पनि ५ प्रतिशतभन्दा बढी भएको छ । निर्वाचनका बेला उपभोग अत्यधिक बढ्ने हुँदा समग्र अर्थतन्त्र विस्तार हुने गरेको हो २०४८ देखि २०७३/७४ सम्मका ८ मध्ये ६ वटा निर्वाचन भएको वर्षमा उच्च वृद्धि भएको छ । प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो निर्वाचन हुँदा आर्थिक वर्ष २०४७/४८ मा ६.३ प्रतिशत आर्थिक वृद्धि भएको थियो, कान्तिपुरमा खबर छ २०५१ को मध्यावधि निर्वाचनका बेला हालसम्मकै उच्च ७.६ प्रतिशत वृद्धि हासिल भयो । उक्त वर्ष निर्वाचनसँगै २०४८ देखि सुरु भएको आर्थिक उदारीकरणको प्रभावसमेत देखिएकाले ऐतिहासिक वृद्धि भएको थियो । २०५६ को आम निर्वाचनमा ६.१ प्रतिशतले विस्तार भएको अर्थतन्त्रमा त्यसयताका दुई संविधानसभा निर्वाचनले पनि सकारात्मक प्रभाव पार्‍यो । २०६४ को पहिलो र २०७० को दोस्रो संविधानसभा निर्वाचन हुँदा ५.८ प्रतिशत हाराहारी वृद्धि हासिल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?