फेसबुकमा ‘किस’ खाएको फोटो राख्दा धर्मगुरु हिरासतमा

काठमाडौँ, ८ मङ्सिर- उपचारको नाममा महिलालाई यौनशोषण गरी फोटो र भिडियो खिचेर ब्ल्याकमेलिड गर्ने कथित धर्मगुरु पक्राउ परेका छन् । चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामालाई सिआइबीले पक्राउ गरेको हो । उनले गुम्बाभित्रै महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ पक्राउ परेका लामालाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको सिआइबीका डिआइजी पुष्कर कार्कीले बताए । लामाले उपचारका लागि आउने युवतीलाई सुसारे बनाएर यौनशोषण गर्दै आएको प्रहरीले जनाएको छ उनले महिलाहरुलाई लठ्याएर यौनशोषण गर्ने र त्यसबारे कसैलाई बताए अनिष्ट हुने भन्दै थप यौनशोषण गर्दै आएका थिए । सिआईबीमा दुई महिलाले उजुरी गरेका छन् । धेरै महिलाहरुलाई उनले यौनशोषण गरेका प्रहरीको आशंका छ, नयाँ पत्रिकामा खबर छ उनलाई भगवानजस्तै मानेर एक महिला गुम्बामा बसेकी थिइन् । तर, लामाको व्यवहार चित्त नबुझेपछि उनले बिद्रोह गरिन् । त्यसपछि लामाले ती महिलालाई किस खाएको फोटो फेसबुकमा राखिदिएका थिए । सोही घटनापछि लामाको कर्तुत बाहिरिएको हो । प्रहरीले गुम्बाका ६ महिलालाई उद्धार समेत गरेको छ । ती महिलाहरुले लामामा केही शक्ति रहेको बताएका छन् । केही महिलाहरुको त उनै धर्मगुरुका कारण श्रीमानसँग सम्बन्ध बिच्छेद समेत गरेका थिए । सम्बन्ध बिच्छेदपछि पाएको सम्पती समेत उनैलाई ल्याएर बुझाएको समेत अनुसन्धानमा खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?